
काठमाडौं: चालु आर्थिक वर्षको फागुनसम्म बैंक तथा वित्तीय संस्थाको कुल कर्जा लगानी ५८ खर्ब १३ अर्ब ३६ करोड रुपैयाँ नाघेको को छ । यो रकम कुल निक्षेपको ७४ प्रतिशत हो।
नेपाल राष्ट्र बैंकका अनुसार हाल बैंक तथा वित्तीय क्षेत्रको कुल निक्षेप संकलन ७८ खर्ब ७२ अर्ब रुपैयाँभन्दा बढी रहेको छ। यो अवधिमा सबैभन्दा बढी उपभोग कर्जा प्रवाह भएको छ।
फागुन मसान्तसम्म कुल १२ खर्ब ७३ अर्ब उपभोग कर्जा गएको छ भने दोस्रोमा थोक तथा खुद्रा व्यापार क्षेत्रमा १० खर्ब ४१ अर्ब रुपैयाँ रहेको छ।
त्यस्तै कृषि, वन, पेय पदार्थ गैरखाद्य उत्पादनतर्फ ९ खर्ब ९५ अर्ब रुपैयाँ कर्जा लगानी रहेको छ।


